ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ  « Khabarhub

ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने, “यतिबेला हामीले सुनिदिनुपर्छ ।

कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला ।” प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताए ।

कांग्रेसका महामन्त्री थापाले भने, “प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।” प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राख्नुभएको टिप्पणी थापाले गरे ।

उनले भने, “कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ ।” उनले निर्वाचन हुँदैन भनिएको थियो, सानदार रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ५२ बजे

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा