मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा « Khabarhub

मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रमिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे । 

माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रमिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यकतालाई पहिचान गरेर सहयोग पुर्‍याउने जानकारी दिए । मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित भएका थिए । मगर यसपटक भने एमालेका उम्मेदवार भरतबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले सम्पूर्ण क्षेत्रसँग सहकार्य र सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : २७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा