मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा « Khabarhub

मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रमिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे । 

माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रमिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यकतालाई पहिचान गरेर सहयोग पुर्‍याउने जानकारी दिए । मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित भएका थिए । मगर यसपटक भने एमालेका उम्मेदवार भरतबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले सम्पूर्ण क्षेत्रसँग सहकार्य र सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : २७ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६