नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास गरेको खुलासा  « Khabarhub

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास गरेको खुलासा 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ ।

स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ । काठमाडौँ, भरतपुर, पोखरा महानगर लगायत ठुला सहरमा एक्जिट पोल गरेर निर्वाचनकै साँझ नजिता प्रकाशन गरिएको थियो ।

विभिन्न देशमा निर्वाचनका क्रममा अभ्यास गर्ने गरिएको एक्जिट पोल नेपालमा पनि स्थानीय तहको निर्वाचनमा गरिएको छ । मिडिया आउटलेटका प्रबन्ध निर्देशक अरुण लम्साल नेपालमा पनि एक्जिट पोल तथा पब्लिक ओपिनियनको अभ्यास हुन थालेको बताउँछन् ।

“नेपालमा पनि निर्वाचनको एक्जिट पोलको अभ्यास भएको छ”, उनले भने, “यो राम्रो पक्ष हो । प्रायस्जसो एक्जिट पोलअनुसार नतिजा मिलेको पाइएको छ ।” मिडिया आउटलेटले पनि इलेक्सन क्याम्पेनिङ, पब्लिक ओपिनियन, अनुसन्धान एवं पार्टीको नीति र नेतालाई ट्र्याकिङ गरेको थियो ।

उनका अनुसार यस पटकको स्थानीय तहको निर्वाचनमा मिडिया आउटलेटले भरतपुर महानगरको एक्जिट पोल गरेको थियो । मिडिया आउटलेटले भरतपुरमा मतदान केन्द्रमा मतदान गरिसकेका मतदातालाई मतदान केन्द्रभन्दा ५०० मिटर टाढा पुनस्मतदान गर्न लगाएको थियो ।

सोही मतदान गरेका आधारमा मिडिया आउटलेटले भरतपुरको मतपरिमाण प्रक्षेपण गरेको थियो । मिडिया आउटलेटले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको साँझ नै महागरको एक्जिट पोल सार्वजनिक गरेको थियो । “एक्जिट पोल र निर्वाचन आयोगको मतपरिमाण करिब करिब मिलेको छ”, लम्सालले भने, “हामीले १० मतदान केन्द्रमा गई ७५७ जनालाई समेटेर एक्जिट पोल गरेका थियौँ ।”

एक्जिट पोलअनुसार भरतपुर महानगरका प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ४१.०८ प्रतिशत मत ल्याएका थिए । निर्वाचन आयोगका अनुसार दाहालले ४०.६९ प्रतिशत अर्थात् ५२ हजार २८ मत पाएर निर्वाचित भए । एक्जिट पोलमा एमालेतर्फका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ३४.६१ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको थियो ।

आयोगले सार्वजनिक गरेको मतपरिणाममा सुवेदीले ३०.९६ प्रतिशत अर्थात् ३९ हजार ५८२ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२.५४ प्रतिशत मत पाउने मिडिया आउटलेटको प्रक्षेपण थियो । आयोगको नतिजा आउँदा पौडेलले ११.५२ प्रतिशत अर्थात् १४ हजार ७२८ मत पाएका थिए ।

 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : १० बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको