मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्नेः बागमती प्रदेशका सभामुख श्रेष्ठ « Khabarhub

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्नेः बागमती प्रदेशका सभामुख श्रेष्ठ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयद्वारा हेटौँडामा आज आयोजित कार्यक्रम शुभारम्भ गर्दै उनले  मानव अधिकार संरक्षणको सवालमा सबै एकजुट हुनुपर्ने  र राज्य सञ्चालन गरिरहेका व्यक्ति तथा निकायले आ-आफ्ना अधिकार तथा कर्तव्य बुझ्न सके सबै समस्या समाधान हुने उल्लेख गरेका छन् । घरपरिवार र समाजबाट राम्रो संस्कार र संस्कृतिको विकास गर्नसके समाजमा कुनै खालको घटना नहुने सभामुख श्रेष्ठको भनाइ थियो ।

सोही प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री शन्त प्रजाले नागरिकको मानव अधिकार संरक्षणको सवालमा कुनै किसिमको भेदभाव गर्न नहुने बताए ।आयोगका प्रादेशिक प्रमुख यज्ञप्रसाद अधिकारीले द्वन्द्वका बेलामा नागरिकको सुरक्षाका लागि आयोगले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे ।
हेटौँडा उमहानगरपालिकाका प्रमुख मीना लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : ४३ बजे

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् 

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न