काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल | Khabarhub Khabarhub

काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएको बताएका छन् । अज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दाहालले स्वतन्त्र उम्मेदवारहरूको जितलाई दलहरूप्रतिको वितृष्णा भन्न नमिल्ने बताएका हुन् । 

दलहरूले आत्मसमीक्षा गर्नैपर्ने गरी भने दुवै ठाउँका जनताले प्रश्न उठाएको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु म । यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनु भएको हो’ उनले भने 

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्दा त्रुटि भएको हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘हामीलाई सचेत हुन र आफ्ना कमीकमजोरी सच्याउनका लागि अवसर पनि हो ।
आफ्नो विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनु नै विशिष्ट रहेको र त्यसलाई विशिष्ट मान्नुपर्ने उनले बताए ।

उनले जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला’ उनले भने । राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उनको भनाई छ । ‘राजनीतिक दलहरू हामी एक्लै पूर्ण छौँ भनेर अघि बढेका थियौँ भने काठमाडौं र धरानका जनताले हामीलाई प्रश्न खडा गरेकै हो’ उनले भने ।

 धरान र काठमाडौंका मेयरजस्ता पात्रहरू इतिहासमै देखा परे पनि घेराबन्दीमा पारिने खतरा रहेको पनि उनले बताए । ‘यस्ता पात्रलाई घेराबन्दी गरेर चुनावमा गरेका वाचालाई पूरा गर्न नदिइने चुनौती देखा पर्छ तर त्यसलाई चिर्दै अघि बढेमा राजनीतिक दललाई पनि सच्चिने मौका मिल्नेछ’ उनले भने ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ०१ बजे

कर्णालीका सबै पालिकामा बीमाको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको

नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब साढे ८ अंककले

मोहन बस्नेतले संसद्‍मै भनेका थिए- पार्टीभित्र दुस्मन छन्, जेल जान गुन्टा कस्‍नुपर्ने अवस्था छ

काठमाडौं- नेपाली कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा १० प्रतिशत ​​​​​​​बेरुजु थपियो 

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

भोजपुर–  यहाँको रामप्रसाद राई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा