गगन थापालाई शान्ता चौधरीले भनिन्, ‘तपाईंमा मानवता हराएको जस्तो लाग्यो’ « Khabarhub

गगन थापालाई शान्ता चौधरीले भनिन्, ‘तपाईंमा मानवता हराएको जस्तो लाग्यो’


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मानवता हराउँदै गएको होकी भनेर प्रश्न गरेकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले गठबन्धनको मोहले थापालाई मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी हुन् । चौधरीले लेखेकी छिन्, ’गगन जी तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ ।

तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’

सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा थापाले केपी ओलीलाई निर्वाचनको हारपछि रन्थनिएका बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको बताएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ४७ बजे

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी