नियन्त्रण गर्ने कार्यक्रम नआएको डिला संग्रौलाको भनाइ « Khabarhub

नियन्त्रण गर्ने कार्यक्रम नआएको डिला संग्रौलाको भनाइ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्।  आज संसद्‌मा बोल्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्। 

 ‘महँगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ’उनले  भनिन् ।

त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताएकी छिन् । नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नाममा आयातमा प्रतिबन्ध लगाई कम गुणस्तरका सामान महङ्गोमा उपभोग गर्न बाध्य पार्ने काम गरिनुहुँदैन’, उनले भनिन्, ‘स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय सामान प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्ने नीति तथा वातावरण तयार गरिनुपर्दछ।’

 अहिले देशभरि नै स्थानीय चुनाव सम्पन्न भएको र नेपाली कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले देशभरि उत्साहको वातावरण रहेको दाबी गरिन्।  

उनले भनिन् ‘अब स्थानीय निकायलाई साधन स्रोत सम्पन्न बनाएर केन्द्र सरकारको सहयोगी भूमिका हुन जरुरी छ’  ‘खासगरी गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा घर दैलोमा पुर्‍याउन संघीय तथा प्रदेश सरकारले स्थानीय निकायलाई अगाडि बढाउनुपर्छ।’ 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : ०५ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको