विश्वका २० देशमा मङ्कीपक्स सङ्क्रमण पुष्टि, कसरी जोगिने ? | Khabarhub Khabarhub

विश्वका २० देशमा मङ्कीपक्स सङ्क्रमण पुष्टि, कसरी जोगिने ?


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।

‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’ डब्लुएचओका अधिकारीको भनाइ छ । 

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।

यस्तै टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु जस्ता लक्षण पनि देखिन्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन्छ र सामान्यता आफैँ हराउने गर्दछ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने जनाइएको छ ।

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा वा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ ।

मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।  यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ ।

बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस सङ्क्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

यौन सम्पर्कका कारण धेरै सङ्क्रमणहरु फैलिएको अमेरिकी टेलिभिजन च्यानल एनबीसीको अनलाइन संस्करणले जनाएको छ । दादुरा रोग फैलाउने भाइरसकै परिवारको भाइरसले मङ्कीपक्स फैलाउने जनाइएको छ ।

विश्वमा तीव्र गतिमा फैलिरहेपनि यसको नियन्त्रणका लागि खोप कार्यक्रम चलाउलुपर्ने आवश्यकता नरहेको डब्लुएचओलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ ।

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमितको सम्पर्कमा आएका सतह र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : २५ बजे

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको

कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक जना कलाकार सक्रिय रहने

सुदूरपश्चिममा कांग्रेस–एमाले छलफल सुरु

सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको

३६ वर्षदेखि खुसी पर्खिएका नेदरल्यान्ड्स समर्थक

फ्रान्स र नेदरल्यान्ड्स युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरिसकेका छन्।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज