आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १५ तारिख। उत्पतिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । राजनीकि क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ ।

मिथुन : दिन सामान्य छ । लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ । व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ । राजनीतिमा तपाईंका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ ।

कर्कट : दिन राम्रो छ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवार भित्र थोरै बोल्दा फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । भाग्यको निर्माण गर्न आफ्नो काममा केन्द्रित हुनुपर्नेछ । प्राविधिक शिक्षामा प्रगति हुनेछ ।  परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ ।

कन्या :  दिन राम्रो छ । आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला । हरेक काममा बन्धु र परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ । धार्मिक अभियान्तासँगको सहकार्यले दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ।

वृश्चिक : दिन सहज छ । श्रमको मूल्यांकन हुनेछ । गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । परिवारसँग बसेर रमाउने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुनेछ । महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी भए पनि अम्दानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । निजी शिक्षाको लगानीबाट झन्झट आइपर्ने जोखिम छ । परिवारसँगको सम्बन्ध भने सहज बन्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

मीन : मन अशान्त बन्ने जोखिम छ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारमा झन्झट आइपर्ने जोखिम छ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : ०५ बजे

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा