चलचित्र ‘बर बधु’ मा रबिना केसी « Khabarhub

चलचित्र ‘बर बधु’ मा रबिना केसी


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’ मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौँलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिबेला ।

No description available.

 

यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनबाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु’ । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वास लिएको उनले जनाइन । उनले खबरहबको मेरो रङ्गमञ्च कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् ।

No description available.

निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’ को औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलाकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ । 

 यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ४५ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ