चलचित्र ‘बर बधु’ मा रबिना केसी « Khabarhub

चलचित्र ‘बर बधु’ मा रबिना केसी


१४ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’ मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौँलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिबेला ।

No description available.

 

यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनबाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु’ । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वास लिएको उनले जनाइन । उनले खबरहबको मेरो रङ्गमञ्च कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् ।

No description available.

निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’ को औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलाकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ । 

 यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ४५ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने