ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने « Khabarhub

ब्रिक्सको विस्तार प्रक्रियालाई चीनले समर्थन गर्ने


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको समूह ब्रिक्सको विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ ।

नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न ब्रिक्सको विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले जनाएको हो । 

‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने । 

उनले भने– ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौं ।’ 

ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकका क्रममा ‘ब्रिक्स प्लस’ परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई पनि समर्थन गरिएको वाङले बताए ।

रिपोर्टअनुसार मे २३ मा युएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो ।

चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्ने र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ४९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र