चलचित्र संघको कार्यसमितिले पायो पूर्णता  « Khabarhub

चलचित्र संघको कार्यसमितिले पायो पूर्णता 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हल संचालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले कार्यसमिति चयनलाई पूर्णता दिँदै पदभार समेत सम्हालेको छ ।

संघमा सोमबार साँझ अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यको टुङ्गो लगाउँदै कार्यसमितिलाई पूर्णता दिएको हो । जेठ २१ गते सम्पन्न भएको ४७ औँ साधारण सभाले वीरेन्द्र नारायण श्रेष्ठलाई अध्यक्ष तोकेको थियो । अध्यक्षबाहेक बाँकी सदस्य चयन गर्ने र यसरी छानिएका सदस्यलाई पदाधिकारीमा नियुक्त गर्ने संघको २०५१ को विधानमा नियम रहेको छ ।

सोमबार अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा, द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भाष्कर ढुंगानालाई चयन गरेको छ  । संघका महासचिव नरेन्द्र महर्जनलाई छानिएका । त्यसै गरी उप–महासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिल द्वा चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई, प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् ।

त्यस्तै गरी पुर्वान्चल सभापतिमा निरज गुप्ता,पश्चिमाञ्चल सभापतिमा केदार प्रसाद पराजुली चयन भएका छन् । सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापालाई चयन गरेको छ भने उपसभापतिमा दुर्गालाल प्रधान, सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ ।

त्यसै गरी प्रदर्शन सभापतिको जिम्मेवारी प्रज्वल शमशेर जबरा र कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् । संघले सल्लाहकारमा राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै , संघको दोस्रो वैठक आउँदो भाद्र ६ गते इटहरीमा बस्नेछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको