चलचित्र संघको कार्यसमितिले पायो पूर्णता  « Khabarhub

चलचित्र संघको कार्यसमितिले पायो पूर्णता 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हल संचालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले कार्यसमिति चयनलाई पूर्णता दिँदै पदभार समेत सम्हालेको छ ।

संघमा सोमबार साँझ अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यको टुङ्गो लगाउँदै कार्यसमितिलाई पूर्णता दिएको हो । जेठ २१ गते सम्पन्न भएको ४७ औँ साधारण सभाले वीरेन्द्र नारायण श्रेष्ठलाई अध्यक्ष तोकेको थियो । अध्यक्षबाहेक बाँकी सदस्य चयन गर्ने र यसरी छानिएका सदस्यलाई पदाधिकारीमा नियुक्त गर्ने संघको २०५१ को विधानमा नियम रहेको छ ।

सोमबार अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा, द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भाष्कर ढुंगानालाई चयन गरेको छ  । संघका महासचिव नरेन्द्र महर्जनलाई छानिएका । त्यसै गरी उप–महासचिवमा ओम जैसी र कोषाध्यक्षमा कपिल द्वा चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा मिजास पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई, प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् ।

त्यस्तै गरी पुर्वान्चल सभापतिमा निरज गुप्ता,पश्चिमाञ्चल सभापतिमा केदार प्रसाद पराजुली चयन भएका छन् । सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापालाई चयन गरेको छ भने उपसभापतिमा दुर्गालाल प्रधान, सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ ।

त्यसै गरी प्रदर्शन सभापतिको जिम्मेवारी प्रज्वल शमशेर जबरा र कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् । संघले सल्लाहकारमा राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै , संघको दोस्रो वैठक आउँदो भाद्र ६ गते इटहरीमा बस्नेछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ