विभिन्न स्थानबाट हातहतियारसहित चार जना पक्राउ    « Khabarhub

विभिन्न स्थानबाट हातहतियारसहित चार जना पक्राउ   


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर, धादिङ र धनुषाबाट प्रहरीले विभिन्न हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट एक थान पेस्तोल र सोको दुई राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।  

धादिङको खनियाँबास गाउँपालिका–२ अक्थलीबाट म्याग्जिन सहितको एक थान पेस्तोल र एक थान खुकुरीसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका–२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५  वर्षीय अविनाश तामाङ रहेका छन् । उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई एक थान पेस्तोल र एक राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादको कारण अधिकारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ३० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले