यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अभिनेता विजय धरौटीमा रिहा  « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका अभिनेता विजय धरौटीमा रिहा 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलयालम फिल्मका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।

केरला उच्च अदालतको आदेशपछि विजयबाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएको र त्यहीँ प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यममा खबर छ । २७ जुनमा हिरासतमा रहेका विजय बाबु ५ लाख धरौटीमा सर्तहरू सहित रिहा भएका छन् । केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिइसकेकाले उनलाई प्रहरीले रिहा गरेको हो ।

विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको कथित स्थानबाट प्रमाण सङ्कलन गर्ने बताइएको थियो । अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएपछि उनी प्रहरी समक्ष हाजिर भएका थिए । उनले यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्ने बताएका छन् ।

केही समय अगाडी सुरु भएको मीटू अभियान पश्चात् अहिले आफूले भोगेको यौन दुर्व्यवहारको विषयमा अभिनेत्रीहरू पनि खुलेर बोल्न थालेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : २६ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार