आजमगढमा निरहुवाको जीत  « Khabarhub

आजमगढमा निरहुवाको जीत 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय भोजपुरी फिल्मका अभिनेताहरूको सक्रियता राजनीतिमा पनि उत्तिकै देखिएको छ ।

रवि किसन , मनोज तिवारी पश्चात् भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले लोकसभा सिटको चुनाव जितेका छन् । सन् २०१९ मा अखिलेश यादवसँग चुनावबाट हार बेहोरेका निरहुवाले अजमगढको उप निर्वाचनमा जीत हात पारेका हुन् ।

उनले यो जीत स्थानीय जनताको भएको उल्लेख गरेका छन् । ‘उप निर्वाचनको डेट घोषणा देखि नै प्राप्त तपाईंहरूको प्रेम र साथको आभार शब्दमा वर्णन गर्न सक्दिन । विश्वास र कार्यकर्ताको मेहनतको यो जीत हो’ निरहुवाले जीत पश्चात् भनेका छन् ।

अखिलेश यादवले लोकसभाको सदस्यताबाट राजीनामा दिएपछि अजमगढको सीट खाली भएको थियो र भाजपाले निरहुआलाई पुन: उम्मेदवार बनाएको थियो। तर, यस पटक भने निरहुआ विजयी भए । २७ मार्च २०१९ मा, निरहुआ भारतीय जनता पार्टीमा सामेल भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ५९ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको