२६ लागिन् अदिति  « Khabarhub

२६ लागिन् अदिति 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली फिल्ममा ‘कृ’ मार्फत नायिकाको पहिचान स्थापित गरेकी अदितिको दोस्रो फिल्म आउँदो भदौमा प्रदर्शन हुँदैछ । यिनै अदिति आज आफ्नो जन्मोत्सव मनाइरहेकी छिन् ।

उनी २५ वर्ष पुरा गरेर २६ मा लागेकी छिन् । ५ फित ५ इञ्च अग्ली अदितिले केही समय अगाडी मात्र इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गरिन् । सम्भवत नेपाली एक्ट्रेसको यतिको फ्लोअर्स सामाजिक सञ्जालमा छैनन् । नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनन् ।

मुम्बई बसेर मोडलिङमा सङ्घर्ष गरिरहेकी अदितिले आफ्नो गतिविधिलाई सामाजिक सञ्जालमा अपडेट गर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर सधै नै चर्चामा आउने अदितिलाई सामाजिक सञ्जालमा फ्लो गर्नेको सङ्ख्या राम्रै छ। सामाजिक सञ्जालकै कारण उनले नेपाली फिल्म ‘कृ’ मार्फत एक्ट्रेसको रुपमा डेब्यु गर्ने मौका पनि पाएकी थिइन् । यद्यपि डेब्यु फिल्ममै उनले सफलता पाउन सकिनन् । सामाजिक सञ्जालमा देखिएको क्रेज हलमा नदेखिँदा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । फलतः दोस्रो फिल्मका लागि उनको पर्खाइ निकै भयो ।

केही सामान्य ब्यानरका फिल्महरू अफर भए पनि उनले खोजेको ब्यानरले फिल्ममा अफर गरेनन् । त्यस कारण लामो समय पश्चात् उनकै होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्म ‘बाबरी’ मा उनले काम गरेकी छिन् । उनले खोजे जस्तो फिल्म नपाएपछि आफ्नै लगानी गरेको फिल्मको सार्वजनिक शिर्ष गीतले दर्शकको साथ पाइसकेको छ। यो फिल्म स्फाल बनाउन उनका इन्स्टामा रहेका नेपाली फ्यानहरू हलसम्म  आउँछन् या आउँदैनन् ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ४५ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल