२६ लागिन् अदिति  « Khabarhub

२६ लागिन् अदिति 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली फिल्ममा ‘कृ’ मार्फत नायिकाको पहिचान स्थापित गरेकी अदितिको दोस्रो फिल्म आउँदो भदौमा प्रदर्शन हुँदैछ । यिनै अदिति आज आफ्नो जन्मोत्सव मनाइरहेकी छिन् ।

उनी २५ वर्ष पुरा गरेर २६ मा लागेकी छिन् । ५ फित ५ इञ्च अग्ली अदितिले केही समय अगाडी मात्र इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गरिन् । सम्भवत नेपाली एक्ट्रेसको यतिको फ्लोअर्स सामाजिक सञ्जालमा छैनन् । नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनन् ।

मुम्बई बसेर मोडलिङमा सङ्घर्ष गरिरहेकी अदितिले आफ्नो गतिविधिलाई सामाजिक सञ्जालमा अपडेट गर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर सधै नै चर्चामा आउने अदितिलाई सामाजिक सञ्जालमा फ्लो गर्नेको सङ्ख्या राम्रै छ। सामाजिक सञ्जालकै कारण उनले नेपाली फिल्म ‘कृ’ मार्फत एक्ट्रेसको रुपमा डेब्यु गर्ने मौका पनि पाएकी थिइन् । यद्यपि डेब्यु फिल्ममै उनले सफलता पाउन सकिनन् । सामाजिक सञ्जालमा देखिएको क्रेज हलमा नदेखिँदा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । फलतः दोस्रो फिल्मका लागि उनको पर्खाइ निकै भयो ।

केही सामान्य ब्यानरका फिल्महरू अफर भए पनि उनले खोजेको ब्यानरले फिल्ममा अफर गरेनन् । त्यस कारण लामो समय पश्चात् उनकै होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्म ‘बाबरी’ मा उनले काम गरेकी छिन् । उनले खोजे जस्तो फिल्म नपाएपछि आफ्नै लगानी गरेको फिल्मको सार्वजनिक शिर्ष गीतले दर्शकको साथ पाइसकेको छ। यो फिल्म स्फाल बनाउन उनका इन्स्टामा रहेका नेपाली फ्यानहरू हलसम्म  आउँछन् या आउँदैनन् ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ४५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत