चितवनमा ३० प्रतिशत रोपाइँ सकियो « Khabarhub

चितवनमा ३० प्रतिशत रोपाइँ सकियो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यति बेला वर्षे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेका अनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ । माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उनले बताए । जिल्लामा वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३.६ मेट्रिक टन छ ।

‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्त्व दिएको छ । धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोड बढी रकम दिएको छ’, उनले भने । धान, मकै र गहुँको बिउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ, चितवनले भोलि (१५ असार) १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ रहेको छ ।

खैरहनी नगरपालिका–१३ मा मेशिनबाट धान रोपेर र भरतपुर महानगरपालिका–२५ मा प्रतियोगितात्मक कार्यक्रमसहित धान रोपेर दिवस मनाउन लागिएको हो ।

यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ, चितवनका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बताए ।

नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उनी बताउँछन् । त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ ।

कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ, चितवन सूचना अधिकारी माधव पौडेल बताउँछन् । उनकाअनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।

‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उनी भन्छन्, ‘असल बिउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । युरिया मलको जथाभाबी प्रयोग कम गरेपछि रोग किरा कम लागेको किसानहरूले बताउनुभएको छ ।’

धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उनले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताए । सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उनले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ३४ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा