नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता « Khabarhub

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम  २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका हुन् । हिमाञ्चल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त  एक मात्र प्रतियोगिताको र्‍यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस पाउन्डमा टेस्ट राउन्ड भएको थियो । 

फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) बाट स्वीकृत प्राप्त प्रतियोगितामा दुई पांग्रेका साथै चार पांग्रे गाडीको समेत सहभागी थियो ।  प्रतियोगिताको दोस्रो दिन चाम्बाबाट लेग वान ९१० प्रारम्भ भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । 

तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो ।

ग्रुप ‘डी’ अन्तर्गत ३८ वर्षीय दीपक २५० सीसी भन्दा माथिको क्याटगोरीमा सहभागी भएका थिए । यस अनुसार दीपक ग्रुप डी क्लास ११ मा सहभागी भएका थिए । यो समूहमा रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । यस रूटमा ग्राभेल, डर्ट, स्लस जस्ता हाई अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा ‘लाइट स्नो’ पनि हुन्छ ।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उद्घाटन गरेको र्‍यालीका विजेतालाई हिमाञ्चल प्रदेशका सांसद पवन नायरले पुरस्कृत गरेका थिए । पुरस्कार समारोहमा नेपाली ढाका टोपीसहित उपस्थित भएका दीपकलाई देख्दा आयोजक टिम अचम्मित भएको थियो ।  यसअघि दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमाञ्लयमा भाग लिएका थिए । तर रेसको दोस्रो दिन चोट बोकेपछि उनले प्रतियोगिता त्याग्नुपरेको थियो ।  

अर्को वर्ष २०१८ मा उनले रोयल इनफिल्ड क्याटगोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इनफिल्ड डी विधामा सहभागी दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका थिए । 

प्रतियोगितामा सहभागी हुन काठमाडौंदेखि चाम्बासम्म
प्रतियोगितामा सहभागी हुन दीपक १० जुनमा काठमाडौबाट दिल्ली र दिल्ली हुँदै चण्डीगढ़बाट हिमाञ्चल प्रदेशको चाम्बा पुगेका थिए । 
चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । नेपालबाट दीपक चाम्बा तीन दिनमा पुगेका थिए । प्रतियोगिता समुद्र सतहबाट ४ हजार ५०० माथि हुने गर्दछ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल