धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण  | Khabarhub Khabarhub

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य बहुवर्षे बिरुवा रोपण गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ र प्रगतिशील युवा सञ्जालको व्यवस्थापनमा डिभिजन वन कार्यालय खोटाङले देविस्थान सामुदायिक वन क्षेत्रमा धुपी, धुपी सल्ला, रुख कमल, कल्की, कामिनी, जाराकान्डा, असारे फूल, लालुपाते, दाँते ओखर, हलुवावेद, जाइ, मसला, लालीगुराँस लगायतका बिरुवा रोपिएको हो । 

 जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रदेश सचिव सूर्यबहादुर राई, महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतको सहभागीतामा बृक्षारोपण गरिएको हो । मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत सोही स्थानमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीले बताए । 

दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढी र कालिका भगवती मन्दिर आसपासका खाली जग्गा तथा सो स्थानमा पुग्ने पैदलमार्ग छेउछाउमा फूल रोपेर ‘फूलको पहाड’ बनाउने महत्वकाङ्क्षी परिकल्पना गरिएको छ । मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने योजना छ । यसका लागि आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गर्ने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ४१ बजे

दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड

महिला लिग छनोट फुटबल बिहीबारदेखि

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा

म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट

यङ्गुन- संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्मारको सेना (जुन्ता) द्वारा सञ्चालित हिरासत

बालेन अवतारमा माड्साव, ‘सिंहदरबार जलाइदिन्छु, भरे राति स्टाटस लेखिदिन्छु’

काठमाडौं- वरिष्ठ हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गरिनेछ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट