धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण  « Khabarhub

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य बहुवर्षे बिरुवा रोपण गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ र प्रगतिशील युवा सञ्जालको व्यवस्थापनमा डिभिजन वन कार्यालय खोटाङले देविस्थान सामुदायिक वन क्षेत्रमा धुपी, धुपी सल्ला, रुख कमल, कल्की, कामिनी, जाराकान्डा, असारे फूल, लालुपाते, दाँते ओखर, हलुवावेद, जाइ, मसला, लालीगुराँस लगायतका बिरुवा रोपिएको हो । 

 जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रदेश सचिव सूर्यबहादुर राई, महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतको सहभागीतामा बृक्षारोपण गरिएको हो । मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत सोही स्थानमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीले बताए । 

दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढी र कालिका भगवती मन्दिर आसपासका खाली जग्गा तथा सो स्थानमा पुग्ने पैदलमार्ग छेउछाउमा फूल रोपेर ‘फूलको पहाड’ बनाउने महत्वकाङ्क्षी परिकल्पना गरिएको छ । मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने योजना छ । यसका लागि आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गर्ने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ४१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ