जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन् : प्रदीप ज्ञवाली « Khabarhub

जनप्रतिनिधि अग्रपंक्तिका सिपाही हुन् : प्रदीप ज्ञवाली


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाही भएको बताएका छन् ।

एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे ।

एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुुपर्ने बताए । उनले भने, ‘जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौँ, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।’ जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि उपमहासचिव ज्ञवालीले स्व भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ४८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल