राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक पारित गरिँदै « Khabarhub

राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक पारित गरिँदै


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ टेबुल गर्ने र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउनेछन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित शपथसम्बन्धी विधेयक, २०७८ छलफल र पारितका लागि प्रस्तुस्त गर्ने कार्यसूची छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महोम्मद इस्तियाक राईले ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि परेका संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले जेष्ठ ‘नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ माथि परेका संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस् कार्यसूची

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना