दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. वीर अस्पतालको गुणस्तरीय सेवा विस्तार गर्नमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सरकार संवेदनशील रहेको बताएका छन् ।

अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील रहँदै आएको र अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सो अवसरमा उनले अस्पतालले अझै क्यान्सरलगायत जस्ता घातक रोगहरूको उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको समेत बताएका छन् ।

२. एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।

एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।  कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरूलाई प्रचण्डले आग्रह गरे ।

३. नेकपा (एमाले) ले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गर्ने 
नेकपा (एमाले) ले महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै साउन १६ गते काठमाडौँमा जनप्रदर्शन गर्न लागेको हो ।

एमालेको पार्टी कार्यालय च्यासलमा आज उपत्यकाका तीन वटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जन वर्गीय संगठनका प्रमुखसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन आन्तरिक तयारी गरेको छ । वसन्तपुरबाट दिउँसो २ बजेबाट जनप्रदर्शन सुरु गर्ने एमालेको तयारी छ ।

.बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता ठूलो मारमा परेपनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्नुपर्ने बताएका हुन् । उनले  जनप्रदर्शनलाई व्यवस्थित र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन  दिए ।

४. १ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने  नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

स्थानीयवासीले आज  पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो । महानगरपालिकासँग गत जेठ २७ गते भएको सम्झौता अनुरूप  काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी  दिए ।

यसअघि आज काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडी नुवाकोट बञ्चरेडाँडाका स्थानीयवासीले  पुन अवरोध  गरेका थिए । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई  स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले  बताएका छन् ।

सडक निर्माणको काम भइरहेको भन्दै महानगरले एक सातादेखि फोहोर संकलन गर्ने कार्य  आजदेखि सुरु गरेको थियो ।

५. दुई लाख रुपैयाँ लुटेर भागेका दुई युवक पक्राउ
जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल छन् । प्रहरीले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । साह प्रदेश २–०२–००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए ।

 उनीहरूको साथबाट शर्मिलाको लुटिएको मोबाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको छ । सो घट्नाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए  ।

६. कोरोना संक्रमण फैलिएसँगै चीनको वुहानमा पुन लकडाउन घोषणा  
कोरोना संक्रमण फैलिएसँगै चीनको वुहानमा  पुन  लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।

चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर  विश्वव्यापी महामारीको रूपमा फैलिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।

चीनले कोरोनाबाट जोगिन शून्य कोभिड रणनीति  अपनाइरहेको छ ।

७. सर्पको टोकाइबाट एक बालकको मृत्यु
सल्यानमा सर्पको टोकाइबाट यहाँका एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ भंगेरी घर भई शारदा नगरपालिका–६ बरला बस्दै आएका १३ वर्षीय किशोर अर्जुन बस्नेतको सर्पको टोकाइबाट मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएको हो ।

बस्नेतलाई  हिजो राति १० बजे सर्पले  राति  १० बजे सर्पले टोकेपछि  आज  बिहान जिल्ला अस्पताल खलंगामा  उपचारका क्रममा मृत्यु भएको हो ।

८. त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–काठमाडौँतर्फको यातायात पुनः सञ्चालनमा
त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–काठमाडौँतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।

डोजरले पहिरो हटाइएसँगै सवारीसाधन  पुन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । हेटौँडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गतव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

सो सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो ।

९. एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले  आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।

एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान चौथो स्थानमा रहँदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ । टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।

१०. क्रिस्टल प्यालेसले डिफेन्डर क्रिस रिचार्ड्सलाई अनुबन्ध  
प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले डिफेन्डर क्रिस रिचार्ड्सलाई अनुबन्ध गरेको छ ।क्रिस्टलले जर्मन क्लब बायर्न म्युनिखबाट डिफेन्डर क्रिसलाई अनुबन्ध गरेको हो ।२२ वर्षीय डिफेन्डरले प्रिमियर लिग क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।

अमेरिकन डिफेन्डर तीन सिजन बायर्नमा बिताएर क्रिस्टल आएका हुन् ।उनले गत सिजन होफेनहाइमबाट लोनमा खेलेका थिए ।अमेरिकाका लागि उनले ८ खेल खेलेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ०७ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा