एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड « Khabarhub

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । 

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।

 कांग्रेससँग सहकार्य गर्ने भएकाले दायाँबायाँ नसोच्न नेताहरूलाई प्रचण्डले आग्रह गरे । समाजवादी केन्द्र निर्माणबारे शीर्ष तहमा छलफल चलिरहे पनि त्यसले मूर्तरूप नपाएको उनले बताए।

बैठकमा नेताहरूले पदाधिकारीसहित सम्पूर्ण कमिटी टुंग्याउन दबाब दिएका थिए । महाधिवेशन भएको महिनौँ  बितिसक्दा समेत माओवादीमा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन। 

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ०४ बजे

दीपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन