सुशान्तको तस्बिरअंकित टिसर्टले निम्त्यायो विवाद  « Khabarhub

सुशान्तको तस्बिरअंकित टिसर्टले निम्त्यायो विवाद 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवङ्गत भएको दुई वर्ष भइसकेको छ । तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन् । सुशान्तको मृत्युलाई लिएर कैयौँ कुरा बाहिर आए । कतिपयले उनलाई डिप्रेसन भएको, लागूऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको सिकारसम्म बनेको दाबी गरे । तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो ।

उनका फ्यानहरू अहिले पनि सुशान्तले न्याय पाउनुपर्नेमा आवाज उठाइरहेका छन् । तर अहिले भने उनका फ्यानहरू सुशान्तको तस्बिर दुरुपयोग गरिएको भन्दै रिसाएका छन् ।

अनलाइन सपिङ प्लेटफर्ममा बिक्रीका लागि एक टिसर्ट राखिएको छ  । जहाँ सुशान्तको तस्बिर छापिएको छ । फ्यानहरूले उक्त तस्बिरभन्दा पनि तस्बिरमा लेखिएको कुराप्रति आपत्ति जनाएका छन् । टिसर्टमा सुशान्तको तस्बिरसँगै ‘डिप्रेसन डुब्नु जस्तै हो’ भनी लेखिएको छ ।

फ्यानहरूले टिसर्टमा लेखिएको वाक्यले सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको भन्ने अर्थ लगाएका छन् । उनीहरू यो अर्थलाई झुटो दाबी गरिरहेका छन् । सोही कारण टिसर्ट बहिस्कारको अभियान चलाएका छन् । फ्यानहरूले टिसर्ट उत्पादन नरोकिए कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ३ : ०३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००