सुशान्तको तस्बिरअंकित टिसर्टले निम्त्यायो विवाद  « Khabarhub

सुशान्तको तस्बिरअंकित टिसर्टले निम्त्यायो विवाद 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवङ्गत भएको दुई वर्ष भइसकेको छ । तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन् । सुशान्तको मृत्युलाई लिएर कैयौँ कुरा बाहिर आए । कतिपयले उनलाई डिप्रेसन भएको, लागूऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको सिकारसम्म बनेको दाबी गरे । तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो ।

उनका फ्यानहरू अहिले पनि सुशान्तले न्याय पाउनुपर्नेमा आवाज उठाइरहेका छन् । तर अहिले भने उनका फ्यानहरू सुशान्तको तस्बिर दुरुपयोग गरिएको भन्दै रिसाएका छन् ।

अनलाइन सपिङ प्लेटफर्ममा बिक्रीका लागि एक टिसर्ट राखिएको छ  । जहाँ सुशान्तको तस्बिर छापिएको छ । फ्यानहरूले उक्त तस्बिरभन्दा पनि तस्बिरमा लेखिएको कुराप्रति आपत्ति जनाएका छन् । टिसर्टमा सुशान्तको तस्बिरसँगै ‘डिप्रेसन डुब्नु जस्तै हो’ भनी लेखिएको छ ।

फ्यानहरूले टिसर्टमा लेखिएको वाक्यले सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको भन्ने अर्थ लगाएका छन् । उनीहरू यो अर्थलाई झुटो दाबी गरिरहेका छन् । सोही कारण टिसर्ट बहिस्कारको अभियान चलाएका छन् । फ्यानहरूले टिसर्ट उत्पादन नरोकिए कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ३ : ०३ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी