आम नागरिकको घरमा राखिएका टेलिकमको टावरहरु हटाउन प्रविधि समितिको निर्देशन « Khabarhub

आम नागरिकको घरमा राखिएका टेलिकमको टावरहरु हटाउन प्रविधि समितिको निर्देशन


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारी निकायका भवनहरूमा नै टावर जडान गरी नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आम नागरिकको घरमा राखिएका टावरहरू समेत हटाउन दबाब बढ्दै गएको अवस्थामा सरकारका विभिन्न निकायहरूबाट निर्माण गरिने भवनहरूमा नै बिटिएस टावरहरू जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालय र शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले बजेट अनुसार टावर निर्माणका कार्यहरू सञ्चालन नभएको, निर्माण भएर पनि निर्धारित गुणस्तरयुक्त नभएको विषय लगायतका समस्याहरूको अध्ययन गरी समस्या समाधान गर्ने गरी प्रतिवेदन पेस गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ भने दूरसञ्चार विकास कोषबाट सञ्चालित इन्टरनेट सेवा विस्तारका कार्यहरू लक्ष्य तथा अपेक्षा अनुसार अघि बढ्न नसकेको अवस्थामा सेवा गुणस्तरीय बनाई छिटो छरितो रूपमा सेवा विस्तार गर्ने चालू आर्थिक वर्षको स्पष्ट कार्य योजना १५ दिनभित्र पेस गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले बिद्युत् पहुँच नभएका स्थानमा रात्रिका समयमा सेवामा समस्या देखिएको बताए। निजी घरमा अहिले बिटिएस टावर राख्न पनि समस्या भएका कारण पनि सेवा बिस्तार गर्न समस्या भएको उनको भनाइ छ ।

समिति बैठकले टेलिकमका २ सय २८ वटा टावर मार्फत फोरजी सेवा बिस्तार गर्ने कार्य योजना सम्पन्न गर्न यसअघि दिएको निर्देशनको अवस्थाकाका बारेमा समितिलाई पुन जानकारी गराउनका साथै चालू आर्थिक वर्षको कार्य योजना १५ दिनभित्र तयार गरी समितिमा पेस गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ५९ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक