किसानलाई बाँदर धपाउने मेसिन वितरण « Khabarhub

किसानलाई बाँदर धपाउने मेसिन वितरण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज आउने उपकरण खरिद गरेर वितरण गरेको हो ।

बिहीबार बडकादियालेका १० जना र खोटाङबजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर ल्याएको खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताए । 

आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका १० वटा टोल सुधार समितिलाई मेसिन प्रदान गरिएको हो । मेसिनसँगै सय पटक पड्काउन पुग्ने कच्चा पदार्थ पनि दिइएको छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित बनिरहेका छन् । 

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो । 

यद्यपि, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने, परिवार नियोजन गर्नुपर्ने लगायतका आवाज उठाउँदै आएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ३ : २६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती