भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता, पहिलो लटमा १ लाख ६० हजार मेट्रिक टन आउने « Khabarhub

भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता, पहिलो लटमा १ लाख ६० हजार मेट्रिक टन आउने


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले ५ वर्षका लागि भारतसँग झण्डै ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।

गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौताबमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गर्ने सम्झौता भएको  हो ।

यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५र२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।

सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : १२ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६