श्रमिकको अधिकार प्रत्याभूत गर्न कतारलाई बेलायती अधिकार समूहको आग्रह « Khabarhub

श्रमिकको अधिकार प्रत्याभूत गर्न कतारलाई बेलायती अधिकार समूहको आग्रह


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतस्थित एक अधिकार समूहले आगामी फिफा विश्वकपको आयोजक राष्ट्र कतारसँग श्रमिकहरुको अधिकार प्रत्याभूत गर्न आग्रह गरेको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने प्रतियोगिताका क्रममा कतारमा एक लाखभन्दा बढी आगन्तुकहरू आउने अपेक्षा गरिएको छ । यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।

श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिताअघि नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।

कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदुरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ ।

यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ । श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारको भनाइ छ ।

कतारले श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको दाबी गरेको छ ।

विश्व फुटबलको नियामक निकाय विश्व फुटबल महासंघ फिफाले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको जानकारी दिएको गरेको छ ।

इक्विडेमले बताएअनुसार सर्वेक्षणमा बङ्गलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफूहरुले उही कामको लागि अरब राज्यका नागरिकहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।

केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूलाई अत्यधिक तातो गर्मीमा काम गर्न दबाब दिइएको दाबी गरेको अधिकार समूहले बताएको छ ।

इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ बिना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौरान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ०३ बजे

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध