पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान | Khabarhub Khabarhub

पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात/आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

यसवर्ष बाली विकास कार्यक्रम(धान उत्पादन प्रवद्र्धन कार्यक्रम) अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो । त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट (५० प्रतिशत सहभागिता) गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो ।

त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिए। महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो ।

त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिए। महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन(आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते–५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ । त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते–५ मनपराएको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ५३ बजे

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण