पाकिस्तान र श्रीलंकाबीचको टेस्ट सिरिज बराबरीमा सकियो « Khabarhub

पाकिस्तान र श्रीलंकाबीचको टेस्ट सिरिज बराबरीमा सकियो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ ।

बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको सिरिज १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिन २६१ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले ८१ बनाए । यस्तै, ओपनर इमाम अल हकले ४९ रन जोड्दा मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।

यता, श्रीलंकाका जयसुर्याले ३२ ओभरमा पाँच मेडनसहित ११० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै, रमेश मेन्डिसले ३० ओभरमा ७ मेडन सहित १०१ रन खर्चिए ।

यसअघि पहिलो इनिङमा श्रीलंकाले दिनेश चन्डिमलको ८० रन मद्दतमा ३७८ रनको योगफल तयार पार्याे । जवाफि ब्याटिङमा आएको पाकिस्तानले अघा सलमानको ६२ रन सहयोगमा २३१ रनमै सिमित भयो ।

दोस्रो इनिङमा थप ३६० रन जोड्दा श्रीलंकाले ५०८ रन बनाएको थियो । टेष्टको प्लेयर अफ द म्याच श्रीलंकाका धनञ्जय डि सिल्भा घोषित भए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ४८ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु