पाकिस्तान र श्रीलंकाबीचको टेस्ट सिरिज बराबरीमा सकियो « Khabarhub

पाकिस्तान र श्रीलंकाबीचको टेस्ट सिरिज बराबरीमा सकियो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ ।

बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको सिरिज १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिन २६१ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले ८१ बनाए । यस्तै, ओपनर इमाम अल हकले ४९ रन जोड्दा मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।

यता, श्रीलंकाका जयसुर्याले ३२ ओभरमा पाँच मेडनसहित ११० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै, रमेश मेन्डिसले ३० ओभरमा ७ मेडन सहित १०१ रन खर्चिए ।

यसअघि पहिलो इनिङमा श्रीलंकाले दिनेश चन्डिमलको ८० रन मद्दतमा ३७८ रनको योगफल तयार पार्याे । जवाफि ब्याटिङमा आएको पाकिस्तानले अघा सलमानको ६२ रन सहयोगमा २३१ रनमै सिमित भयो ।

दोस्रो इनिङमा थप ३६० रन जोड्दा श्रीलंकाले ५०८ रन बनाएको थियो । टेष्टको प्लेयर अफ द म्याच श्रीलंकाका धनञ्जय डि सिल्भा घोषित भए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ४८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग