काठमाडौँ आइपुगे अमेरिकी सहायकमन्त्री लू « Khabarhub

काठमाडौँ आइपुगे अमेरिकी सहायकमन्त्री लू


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आइपुगेका छन् । काठमाडौँस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौँ आइपुगेको जनाएको हो ।

नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ ।

दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ५ : १० बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६