सांसदको समान धारणा: गैरनागरिकले नागरिकता नपाऊन् « Khabarhub

सांसदको समान धारणा: गैरनागरिकले नागरिकता नपाऊन्


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको राष्ट्रिय हित  र राष्ट्रियताको संवर्द्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सांसदहरूले अङ्गीकृत नागरिकताको सन्दर्भमा कडा प्रावधान राख्नुपर्ने बताए।

छलफलमा भाग लिँदै सांसद बेदुराम भुसालले  वैवाहिक अङ्गीकृत नागरिकताका सन्दर्भमा समयावधि तोक्नुपर्नेमा जोड दिए। भारतमा नेपालका छोरी–चेली विवाह गरेर जाँदा सात वर्षमा मात्रै नागरिकता पाउने प्रावधान रहेको भन्दै नेपालमा पनि सोही खालको व्यवस्था गर्नुपर्ने बताए।

सांसद डा विमला राई पौडेलले अनागरिक युवालाई नागरिकता पाउनुपर्छ भन्नेमा आफू सकारात्मक भए पनि यो विधेयकका केही प्रावधान भने सच्याउनुपर्नेमा जोड दिइन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले विधेयक सम्बन्धित समितिमा पठाउनुपर्ने धारणा राख्दै वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयावधि तोकिनै पर्ने धारणा राखे।

सांसद खिमलाल भट्टराईले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकलाई नागरिकता प्रदान गर्ने विषयमा आफूहरूको समर्थन रहेको बताए । उनले पनि वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयसीमा राखिनै पर्ने उल्लेख गरे।

सांसद सुरेशकुमार आले मगरले नागरिकताको विषय राष्ट्रियतासँग पनि जोडिएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने बताए। सांसद उर्मिला अर्यालले नागरिकको सन्दर्भमा सरकार जिम्मेवार हुनुपर्ने, प्रक्रियागत रूपमा पनि स्पष्ट हुनुपर्ने धारणा राखिन्।

सांसद जगप्रसाद शर्माले राष्ट्रियताको सन्दर्भमा कुनै पनि सम्झौता नगरीकन नागरिकको आवाजलाई सम्बोधन गर्न माग गरे। सांसद गङ्गा बेल्वासेले भौगोलिक, राजनीतिक र सांस्कृतिक हिसाबले संवेदनशील ठाउँमा रहेकाले नागरिकता दिने विषयमा खुकुलो प्रावधान राख्न नहुने बताए।

सांसद जितेन्द्रनारायण देवले संविधानअनुरुप नै नागरिकता विधेयक प्रस्तुत भएको भन्दै सरकारलाई धन्यवाद दिए । सांसद मायाप्रसाद शर्माले अङ्गीकृत नागरिकताका सन्दर्भमा समयसीमा राख्नै पर्ने बताए ।

सांसद प्रमिला कुमारीले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकका आधारमा सरकारले यो विधेयक ल्याएको र लामो समयदेखि नागरिकताविहीनलाई सम्बोधन गर्न खोजिएको धारणा राखिन्।

सांसदहरु भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी, खिमलाल देवकोटा, भगवती न्यौपाने तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, उदयबहादुर बोहोरा, शेखरकुमार सिंह,लगायतले नागरिकताका विषयमा खेलाँची नगर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ५ : ४७ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६