'राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ' | Khabarhub Khabarhub

‘राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्ने बताएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसद्का महिला सांसदहरुसंगको अन्तर्क्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको विषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरू पनि गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले कानूनमा समावेश भएकै कारण मात्रै अनिवार्य महिला प्रतिनिधित्व गराउने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नका लागि समाजमा रहेको पुरातनवादी दृष्टिकोणलाई बदल्नुपर्ने धारणा राखे। प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई सहभागी गराउन जोड दिने विषय बहु आयामिक भएको र यसका लागि पार्टीले नै जोडबल गर्नुपर्ने उनले बताए । उनले दलगत मतदानमा अरुचि देखा पर्नु लोकतन्त्र र व्यवस्थाका लागि समस्या भएको धारणा राखे।

त्यस्तै उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा समानुपातिकका साथै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउनका लागि बहस सुरु गर्न खोजिएको जानकारी दिइन्। सांसदबाटै महिला प्रतिनिधित्वको संख्या बढाउनका लागि पहल सुरु गरिएको उनको भनाइ छ ।

त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले आरक्षण मात्रै नभएर प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : १५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र