‘राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ’ « Khabarhub

‘राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्ने बताएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसद्का महिला सांसदहरुसंगको अन्तर्क्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको विषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरू पनि गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले कानूनमा समावेश भएकै कारण मात्रै अनिवार्य महिला प्रतिनिधित्व गराउने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नका लागि समाजमा रहेको पुरातनवादी दृष्टिकोणलाई बदल्नुपर्ने धारणा राखे। प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई सहभागी गराउन जोड दिने विषय बहु आयामिक भएको र यसका लागि पार्टीले नै जोडबल गर्नुपर्ने उनले बताए । उनले दलगत मतदानमा अरुचि देखा पर्नु लोकतन्त्र र व्यवस्थाका लागि समस्या भएको धारणा राखे।

त्यस्तै उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा समानुपातिकका साथै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउनका लागि बहस सुरु गर्न खोजिएको जानकारी दिइन्। सांसदबाटै महिला प्रतिनिधित्वको संख्या बढाउनका लागि पहल सुरु गरिएको उनको भनाइ छ ।

त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले आरक्षण मात्रै नभएर प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : १५ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६