सरकारी जग्गामा भवन निर्माणको कार्य रोक्न अदालतको आदेश « Khabarhub

सरकारी जग्गामा भवन निर्माणको कार्य रोक्न अदालतको आदेश


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला समन्वय समिति चितवनको जग्गा हडपेर भवन निर्माण गरेको मुद्दामा चितवन जिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनले जिससको जग्गा हडपेर भवन निर्माण थालेपछि जिससले मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको एकल इजलासले बिहीबार उक्त जग्गामा कुनै पनि किसिमको निर्माण कार्य नगर्न नगराउन भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । साथै इजलासले निवेदकको माग बमोजिम निषेधाज्ञाको आदेश जारी हुन किन नपर्ने रु सो को कारण खुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

जिससको तर्फबाट अधिवक्ता जगन्नाथ भण्डारीले बहस गरेका हुन् । जिससको स्वामित्वमा रहेको कित्ता नम्बर १९५९ नम्बरको जग्गामा बनेको अतिथि भवन र भवनले चर्चेको जग्गा जिससले तीन वर्षको लागि सम्झौता गरी यातायात व्यवस्था सेवा कार्यालयलाई दिएको हो ।

यातायात कार्यालयको हालको भाडाको भवनबाट सेवाग्राहीलाई सेवा लिन सास्ती भएपछि जिससले यातायातको आफ्नै भवन नबुझुन्जेलसम्मको लागि जग्गा उपलब्ध गराएको हो । यातायात कार्यालयलाई दिएको जग्गाको दक्षिणतर्फको भागमा कर्मचारीले संगठनले भवन निर्माण गरिरहेको छ ।  

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : १८ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ