‘नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने’ | Khabarhub Khabarhub

‘नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्।उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देश्यीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्।

“जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ”, यादवले भने। उनले मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउनुपर्ने दोहोर्‍याए ।

पूर्व राष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गरे। उनले भने, “आज दक्षसहित अधिकांश अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाइ राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ ।” राष्ट्र उत्थान गर्न थुप्रै गतिविधि हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्नुपर्ने उनको धारणा थियो ।

 फरक प्रसङ्गमा जसको ठूलो हृदय हुन्छ उसले राष्ट्रको लागि केही गर्छ यादवले भने। “राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो, यस्ता मनले इनोभेटिभ सोच राख्दछ र काम गर्दछ”, उनले भने । उनले सेन्टरले राष्ट्र उत्थानमा योगदान पुर्‍याउने विश्वास लिएको उल्लेख गर्दै जनप्रतिनिधिले पनि राष्ट्रको लागि नविनतम् कार्य थालनी गर्ने युवालाई हृदयदेखि नै सहयोग गर्न आग्रह गरे।

नेपालका लागि जर्मनीका राजदूत टोमास हाइनरिस प्रिन्चले जर्मनमा स्कुले शिक्षा उत्तीर्ण गर्ने ५० प्रतिशत विद्यार्थीलाई व्यावसायिक शिक्षातिर लैजाने गरिएको बताए। उनले नवनिर्मित सेन्टरले राम्रो जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए।

पनौतीका नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले युवा जनशक्ति उत्पादन गर्ने थलोका रूपमा स्थापना हुन लागेकाले एकेडेमीप्रति खुसी व्यक्त गरे। सो अवसरमा एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले पनौती नपा–४ डिहीगाउँस्थित १०७ रोपनी क्षेत्रफलको जग्गा सेन्टरलाई हस्तान्तरण गरेका थिए । सेन्टरको पहिलो बहु आयामिक भवन जर्मन नागरिक डा ह्यान्स् जोयछिम सिडेरको सात करोड नेपाली रुपैयाँमा जर्मन संस्था सुलन फ्यूर नेपालमार्फत निर्माण हुनेछ । सेन्टरबाट वार्षिक एक हजार व्यावसायिक जनशक्ति उत्पादन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : २४ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन