खोटाङका एक युवाको हङकङमा शंकास्पद मृत्यु « Khabarhub

खोटाङका एक युवाको हङकङमा शंकास्पद मृत्यु


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।

गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वार्कमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका छ ।

गुरुङ आफैँ पनि ढाडको समस्याबाट पीडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दाबी गरेको पीडित आफन्तको भनाइ छ ।

गुरुङको शव १० साउनमा काठमाडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर, परिवारले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठमाडौंको पहलमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बुझ्न माग गरेको थियो ।

गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने पारिवारको माग छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ५८ बजे

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका