खोटाङका एक युवाको हङकङमा शंकास्पद मृत्यु « Khabarhub

खोटाङका एक युवाको हङकङमा शंकास्पद मृत्यु


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।

गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वार्कमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका छ ।

गुरुङ आफैँ पनि ढाडको समस्याबाट पीडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दाबी गरेको पीडित आफन्तको भनाइ छ ।

गुरुङको शव १० साउनमा काठमाडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर, परिवारले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठमाडौंको पहलमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बुझ्न माग गरेको थियो ।

गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने पारिवारको माग छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ५८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु