पहिराेमा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण | Khabarhub Khabarhub

पहिराेमा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- सुदूरपश्चिम प्रदेशसभाका सदस्यले अछाम जिल्ला तुर्माखात गाउँपालिका–२ मा पहिरामा पुरिएर मृत्यु भएका परिवारका सदस्यको उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रदेशसभाको बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभाका सदस्य अम्बिकाकुमारी थापा, हर्कबहादुर कुँवर र अक्कलबहादुर रावलले अछामको तुर्माखात गाउँपालिका–२ मा यही साउन ८ गते राति गएको पहिरामा घर पुरिएर मृत्यु भएका एकै घर परिवारका हरिकला विष्ट, वीरेन्द्र विष्ट र विधान विष्टको परिवारलाई उचित बसोबास र राहत प्याकेज ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

उक्त घटनामा परी घाइते भएकी नैनादेवि विष्टको उपचारमा सहयोग गर्नसमेत उनीहरुले माग गरे । बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा भाग लिने अधिकांश सदस्यले संशोधनको विपक्षमा धारणा राखे ।

सदस्य भरतबहादुर खड्काले विधेयक संशोधन हुँदा सरकार र सदन आलोचित हुने भई यसको सन्देश पनि नकारात्मक जाने र आर्थिक व्ययभार बढाउने भन्दै विधेयक फिर्ता लिनुपर्ने माग गरे ।

अर्का सदस्य मालामति रानाथारुले प्रदेशसभाको कार्यकाल सकिन लाग्दा सेवा सुविधा थप्ने मनसायले ल्याइएको विधेयक उचित नभएको भन्दै फिर्ता लिनुपर्ने बताए ।

यस्तै कृष्णबहादुर चौधरीले ऐन संशोधन केका लागि, कसका लागि, किन गर्दैछौँ भन्दै केही माननीयलाई खुसी पार्न ल्याइएको यो विधेयक पारित भएमा त्यसको सन्देश नराम्रो जाने भएकाले विधेयक फिर्ता गर्न माग गरे । सदस्य सुशीला बुढाथोकीले भने ऐन संशोधन गर्ने काम समयसापेक्ष भएको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १० : १८ बजे

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको