पहिराेमा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण « Khabarhub

पहिराेमा पुरिएर मृत्यु भएका परिवारलाई राहत दिन ध्यानाकर्षण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- सुदूरपश्चिम प्रदेशसभाका सदस्यले अछाम जिल्ला तुर्माखात गाउँपालिका–२ मा पहिरामा पुरिएर मृत्यु भएका परिवारका सदस्यको उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रदेशसभाको बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभाका सदस्य अम्बिकाकुमारी थापा, हर्कबहादुर कुँवर र अक्कलबहादुर रावलले अछामको तुर्माखात गाउँपालिका–२ मा यही साउन ८ गते राति गएको पहिरामा घर पुरिएर मृत्यु भएका एकै घर परिवारका हरिकला विष्ट, वीरेन्द्र विष्ट र विधान विष्टको परिवारलाई उचित बसोबास र राहत प्याकेज ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

उक्त घटनामा परी घाइते भएकी नैनादेवि विष्टको उपचारमा सहयोग गर्नसमेत उनीहरुले माग गरे । बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा भाग लिने अधिकांश सदस्यले संशोधनको विपक्षमा धारणा राखे ।

सदस्य भरतबहादुर खड्काले विधेयक संशोधन हुँदा सरकार र सदन आलोचित हुने भई यसको सन्देश पनि नकारात्मक जाने र आर्थिक व्ययभार बढाउने भन्दै विधेयक फिर्ता लिनुपर्ने माग गरे ।

अर्का सदस्य मालामति रानाथारुले प्रदेशसभाको कार्यकाल सकिन लाग्दा सेवा सुविधा थप्ने मनसायले ल्याइएको विधेयक उचित नभएको भन्दै फिर्ता लिनुपर्ने बताए ।

यस्तै कृष्णबहादुर चौधरीले ऐन संशोधन केका लागि, कसका लागि, किन गर्दैछौँ भन्दै केही माननीयलाई खुसी पार्न ल्याइएको यो विधेयक पारित भएमा त्यसको सन्देश नराम्रो जाने भएकाले विधेयक फिर्ता गर्न माग गरे । सदस्य सुशीला बुढाथोकीले भने ऐन संशोधन गर्ने काम समयसापेक्ष भएको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १० : १८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग