उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो | Khabarhub Khabarhub

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो



दोहा – साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अस्पतालमा उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

२०१० देखि साउदी अरबमा कार्यरत रहेको र २०११ सालमा सडक दुर्घटना परी गम्भीर घाइते भई विगत ११ वर्षदेखि साउदीको दम्मामस्थित अल मौवासत अस्पतालमा उपचाररत साबिक धनुषा जिल्ला वारामझीया गाविस वार्ड नम्बर एक घर भएका चंडेश्वर मुखियालाई उद्धार गरी नेपाल एयरलाइन्स मार्फत नेपाली फर्काइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

२०११ देखि साउदीमा उपचाररत मुखियाको उपचार खर्च निजको स्वास्थ्य बिमाले कभर गर्न छाडेपछि पनि कम्पनीले उनको उपचार निरन्तर गरिराखेको तर सडक दुर्घटना टाउकोमा गम्भीर चोट लागेको उनलाई धेरै लामो समय अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई केही आर्थिक सहयोग गरेर नेपाल पठाउन चाहेको थियो ।

तर, परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उनलाई नेपाल ल्याएर अस्पतालमा उपचार गर्न सक्ने अवस्था नरहेको परिवारले कम्पनीलाई जानकारी गराएपछि साउदीमै उपचार भइरहेको थियो ।

२०१८ कम्पनीले दूतावासलाई पटक- पटक सम्पर्क गरेर उनलाई नेपाल पठाउने व्यवस्था गर्न आग्रह गरिरहेको भएपछि नेपालमा परिवारले जिम्मा नलिँदा यसअघि पठाउन नसकिएको दूतावासले जनाएको छ । पछि कम्पनी सम्पर्क आउन छोडेपछि कै अस्पतालको विल ४० हजार साउदी रियाल नाघिसकेको थियो ।

अस्पतालले उनको उपचार खर्च बापतको विल जिम्मा लिन र उनलाई नेपाल फर्काउन दूतावास समक्ष अनुरोध गरेको र दूतावासले अस्पताल प्रशासनसँग धेरै पटक छलफल गरेपछि उनको उपचारमा खर्च भएको ४० हजार साउदी रियाल मिनाहा गर्न अस्पताल राजी भएपछि नेपाल फर्काउन सम्भव भएको हो ।

अस्पतालले उपचार खर्च मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद विमानस्थलसम्म एम्बुलेन्समा निःशुल्क ल्याइदिएको ल्याइदिएको थियो । साथै, दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न, उनलाई एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल लैजाँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने र नेपाल एयरलाइन्ससँग पहल गरेको थियो ।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ४९ बजे

खानेपानीको समस्या समाधान गर्न सरकार प्रयासरत : मुख्यमन्त्री सिंह

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको

संसद्‍मा ज्ञानबहादुर शाहीको कटाक्ष- भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले गृहमन्त्री

सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

झापा– कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक