समाचार

थारु समुदायलाई लुम्बिनीमा पनि बिदा

By खबरहब

August 28, 2022

दाङ – लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा थारू समुदायलाई आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई आइतबार पर्व बिदा दिइएको हो ।

अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि आज सार्वजनिक बिदा दिएका छन्। तुलसीपुर र घोराही उपमहानगरपालिका, राप्ती र दंगीशरण गाउँपालिकाले बिदा दिएका हुन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले पनि बिदा दिएको छ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पूर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।