श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक « Khabarhub

श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ ।

प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका हुन् ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक कोर्सिया र सर्वियाका विषयवस्तुलाई कथामा उठान गरिएको छ। पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए । कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गरेका स्रष्टा श्रेष्ठका चारवटा कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ४९ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ