कानुनअनुसार नै अनधिकृत संरचना हटाएका हौँ : बालेन  « Khabarhub

कानुनअनुसार नै अनधिकृत संरचना हटाएका हौँ : बालेन 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्।

उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ। कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’ लेखिएको छ।

अनधिकृत संरचना भत्काउन डोजर लिएर आफैँ हिँडेपछि राजनीतिक दलका नेताहरु मेयर बालेनविरुद्ध खनिएका छन् । महानगरलाई सुन्दर र सफा बनाउनुभन्दा कार्यकर्ता खुसी पार्ने ध्याउन्नमा लागेका दलको विरोधपछि मेयर साहले आफूमा अन्तर्निहित कार्यकारिणी अधिकार प्रयोग गरेरै काम गरिरहेको जनाएका हुन् ।

अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन्। कानुनको पालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैर कानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपरेको उनले बताएका छन्।

हेर्नुहोस् मेयर साहको विज्ञप्ति 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी