विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ  | Khabarhub Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ का ३३ वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट प्रहरीले चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाइल र नगद १४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेराबाट लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–७ राधाकृष्ण मार्गबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बाँके घर भएका २९ वर्षीय बिशाल राना छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले  डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल र नुरफिन ६० एम्पुल बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले रानालाई उनकै कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४१ वर्षीय अमर राई लगायत छन्।

उनीहरूको साथबाट प्रहरीले गाँजा १ केजी, ट्रामोल १ हजार क्याप्सुल र स्पासपेन १ हजार ट्याबलेट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी धरान उपमहानगरपालिका–१० बिशाल पथबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत छन् ।

उनीहरूको साथबाट ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔष र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १२ : २६ बजे

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक