तालिबानको आरोप – पाकिस्तानले अमेरिकीलाई ड्रोन उडाउन छुट दियो | Khabarhub Khabarhub

तालिबानको आरोप – पाकिस्तानले अमेरिकीलाई ड्रोन उडाउन छुट दियो


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा आक्रमण गर्नका लागि अमेरिकलाई चालहरहित हवाई उपकरण ड्रोन उडाउन पाकिस्तानले आफ्नो आकाशको प्रयोग गर्न छुट दिएको तालिबानले आरोप लगाएको छ ।

तालिबानका कायममुकायम रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबले पाकिस्तानी हवाई क्षेत्रबाट अमेरिकी ड्रोनहरु अफगानिस्तानतर्फ आएको बताएका हुन् ।

‘हाम्रो सूचनाअनुसार पाकिस्तानबाट ड्रोनहरु अफगानिस्तानतर्फ आइरहेका छन्, उनीहरुले पाकिस्तानी हवाई क्षेत्रको प्रयोग गरिरहेका छन्, हामी पाकिस्तानलाई आग्रह गर्छौँ, हाम्राविरुद्ध आफ्नो हवाई क्षेत्रको प्रयोग गर्न नदिनुहोस् ।’ रक्षामन्त्री मुल्लाह याकुबलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे पाकिस्तानी विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ । गत महिनामात्रै अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको हवाई आक्रमणमा आतंकवादी संगठन अल कायदाका प्रमुख आयमन अल जवाहिरीको मृत्यु भएको थियो ।

तालिबानले आफूहरुको अनुसन्धानबाट अल कायदा प्रमुख जवाहिरीको शव फेला नपरेको जनाएको थियो ।

पाकिस्तानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको एवम् यसबारे आफूहरुलाई कुनै पूर्व सूचना नभएको बताउँदै आएको छ ।

पछिल्लो समय पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्धमा खटपट उत्पन्न भएको विश्लेषणबीच तालिबानले पाकिस्तानमाथि पछिल्लो आरोप लगाएको हो ।

यसअघि तालिबानले पाकिस्तान सरकार एवम् पाकिस्तानमा सक्रिय तालिबान (तहरिक ए तालिबान पाकिस्तान टीटीपी) बीच वार्तामा मध्यस्थता गरिरहेको बताइएको थियो ।

यसबाहेक गत वर्षको अगस्ट महिनामा तालिबानले शासन कब्जा गरेयता आर्थिक संकटको भुमरीमा फसेको अफगानिस्तान आर्थिक रुपमा पनि पाकिस्तानमा धेरै निर्भर रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ०४ बजे

विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो

विराटनगर– सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

गोरखा–  मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३

लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक

भैरहवा– भैरहवाका ६२ प्रतिशत अटो रिक्सा चालकहरूसँग सवारी चालक अनुमति

फुट्यो विप्लव नेतृत्वको नेकपा : चिरनले लगे ७५ केन्द्रीय सदस्य, माओवादीमा मिसिने तयारी

काठमाडौं- पछिल्लो समय संकटग्रस्त बन्दै गएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको

रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले